बलिउड अभिनेता गोविन्दा।
बलिउड अभिनेता गोविन्दा केही दिनयता चर्चामा आइरहेका छन्। उनको यो चर्चा नयाँ फिल्ममा साइन गरेर वा फिल्म ‘सुपरडुबर’ बनेर भएको भने होइन। केवल उनको व्यक्तिगत जीवनलाई लिएर उनी चर्चामा छन्।
हो, गोविन्दा बढ्दो उमेरसँगै फेरि व्यक्तिगत जीवनमा तहल्का ल्याउने तयारीमा रहेको उनीनिकट समाचारमाध्यमहरू बताउँछन्। ती समाचारमाध्यमका अनुसार गोविन्दा श्रीमती सुनिता आहुजाको सम्बन्ध विच्छेद हुने आशंका बढेको छ।
६१ वर्षीय गोविन्दा ३० वर्षीय मराठी अभिनेत्रीसँग अफेयरमा छन्। यही कारण सुनिता विवाहको ३७ वर्षपछि सम्बन्धविच्छेद गर्न चाहन्छिन्। तथापि दुवैले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।
उनीहरू अहिले छुट्टाछुट्टै घरमा बस्दै आएका छन्। सुनिताले गोविन्द आफ्नो बैठकका कारण ढिलो आउने र अरुसँग कुरा गर्न मन पराउने भएकोले त्यहीँ बस्ने कुरा पनि खुलासा गरिन् ।



