
काठमाडौँ। आज पशुपति क्षेत्रमा दशनार्थीको भीड लागेको छ। १० औँ लाख भक्तजन, सुरक्षाकर्मी पशुपतिमा पुगिरहेका कारण सवारी साधन निशेध गरिएको छ।
नेपाल प्रहरीले केही क्षेत्रमा सवारीलाई रोक लगाएको छ भने कतिपय स्थानमा निश्चित मापदण्डका सवारीलाई मात्र प्रवेश दिइरहेको छ। प्रहरीका अनुसारका तीनकुनेबाट सिनामङ्गलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ आउने सम्पूर्ण मालबाहक सवारी साधनहरुलाई सञ्चालनमा रोक लगाइएको छ ।
दर्शनार्थीहरूकै भीडभाडका कारण तिलगंगा, चावहिल, मित्रपार्क, पुरानोबानेश्वर र रातोपुलमा सवारी साधनको भीड लागेको छ।
प्रकाशित: १४ फागुन २०८१ ८:३०
प्रतिक्रिया