यस्तो छ शिवले भाङ, धतुरो सेवन गर्नुको अर्थ

हिमाल प्रेस १४ फागुन २०८१ ७:३४
12
SHARES
यस्तो छ शिवले भाङ, धतुरो सेवन गर्नुको अर्थ

शुक्रबार हिन्दुधर्मावलम्बीहरुले महाशिवरात्रि पर्व मनाउँदैछन् । शिवरात्रिमा सबैभन्दा चर्चामा आउने देउता हुन्, शिव। शिव भगवान्को पूजाआजा गरेर शिवरात्रि मनाइन्छ। शिवको पूजा गर्दै उनको प्रसाद ग्रहण गर्ने चलन छ।

कतिपयले शिवको प्रसाद भन्दै गाँजा, भाङ र धतुरो सेवन गर्नेगर्दछन्। विशेषतः शिवको प्रमुख धामहरूमै शिवका भक्तजन भाङ र धतुरो सेवन गरेको अवस्थामा भेटिन्छन्।

यहाँ हामी गाजा, भाङ, धतुरो लगायतको प्रयोग भगवान शिवले किन गरे भन्ने कुराको धार्मिक मान्यता प्रस्तुत गर्न गइरहेका छौँ।

भगवान शिव ध्यान मुद्रामा बस्छन्। हिमालयमा ध्यान मुद्रामा बसेका शिवले ध्यानलाई भंगहुन नदिन र एकाग्र बनाउनका लागि नशा सेवन गरेको मान्यता छ।

वेदको मत अनुसार समुन्द्र मन्थनका क्रममा एक थोपा मद्र पर्वतमा खस्यो। त्यसबाट एक रुख उम्रियो । यो रुखको एक रस देवताहरले निकै मनपराए। पछि भगवान शिवले यसलाई हिमालयमा लिएर आए किनकी सबैले यसलाई सेवन गर्न सकून्।

पुराणका अनुसार समुद्र मन्थनको समयमा अमृतसँगै विष निस्किएको थियो। अमृत त देवताहरुले पिए तर बाँकी रहेको विष कसले पिउने समस्या पर्‍यो। उक्त विष एक थोपा मात्र पनि जमिनमा वा पृथ्विमा खसेको खण्डमा प्रलय हुने थियो। त्यसपछि देवताहरुले भगवान शिवको आराधना गरे।

विष शिवजी पिउन तयार भए, र विष पिए पनि। विष पिउनै लाग्दा छेउमा रहेकी पार्वतीले विष पेटमा नपुगोस् भन्नका लागि भगवान शिवको घाँटी समातिन् र विष भगवान शिवको कण्ठ(घाँटी) मा अड्कियो । त्यसैले भगवान शिवलाई निलकण्ठ पनि भन्ने गरियो ।

विष सेवन गरेपछि भगवान शिवलाई निकै समस्या पर्यो। विषको गर्मीलाई सहन गर्न भगवान शिव कैलाश पर्वत गए । तर पनि उनको पीडा कम भएन त्यसपछि उनको पीडा भुलाउनका लागि देवताहरुले नशाको खोजी गरे र भाङ, धतुरो, गाजाको सेवन गरेपछि भगवान शिवलाई केही राहत भयो ।

प्रकाशित: १४ फागुन २०८१ ७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast