
शिवरात्रिमा गाँजा, भाँङ र धतुरोको एकदमै चर्चा हुन्छ। शिवभक्तहरूले गाँजा प्रयोग गर्नेगरेको बताइन्छ। भगवान् शिवले समेत भाङभतुरोको प्रयोग गरेको किंवदन्ती छ। अहिले पनि गाँजाको चर्चा हुन्छ।
खास गाँजाको फाइना के छ? यसबारे हामी चर्चा गर्दैछौँ।
१. गाँजामा भएका २ सय रसायनमध्ये टीएचसीले भावना परिवर्तन हुने, मुड फ्रेस गराउने र धारणा परिवर्तन गराउने काम गर्छ ।
२. गाँजाको हेम्स प्लान्टबाट लुगा बनाउन सकिन्छ ।
३. गाँजालाई भोक लगाउने, पाचन प्रणाली राम्रो बनाउने र दिसासम्बन्धी समस्या हटाउने औषधिको रूपमा प्रयोग गर्न सकिन्छ ।
४. बिरामी लठ्याउन वा उसको पीडा कम गर्न अहिलेजस्तो ‘एनेस्थेसिक’ वा ‘एनाल्जेसिक’ औषधि नहुँदा सयौं वर्षदेखि गाँजाको प्रयोग हुँदै आएको छ ।
५. शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन गाँजाको प्रयोग गर्न सकिन्छ । साथै क्यान्सरमा किमोथेरापी पछि हुने बान्तालाई पनि यसले कम गर्छ भन्ने मान्यता रही आएको छ ।
६. नेपालमै गाँजाकै कणहरू मिसिएर उत्पादन हुने गरेको ‘रातोबरी’ औषधिले जस्तोसुकै झाडापखाला निको पार्ने, ‘जातीफलाडी चूर्ण’ले आन्द्रासम्बन्धी रोग निको पार्ने, ‘लक्ष्मीविलास रस’ले नाकबाट पानी बग्ने रोग निको पार्ने, ‘सर्पगन्धा’ले अनिद्रा र उच्चरक्तचाप ठिक गर्ने र ‘मदनानन्द मोदक’ले डिपे्रसन ठिक ग¥थ्यो ।
७. गाँजाले सिर्जनामा केन्द्रित हुन सहजता प्रदान गर्छ ।
८. आँखाको प्रेसर पनि कम हुन्छ ।
९. दुखाई कम गर्न र निन्द्रा लगाउन पनि यसको प्रयोग गर्न सकिन्छ ।
१०. पाइल्स भएमा गाँजाको लेप लगाउँदा सो रोग निको हुन्छ ।