
काठमाडौँ- नेपाली महिला राष्ट्रिय फुटबल टोली बुधबार (आज) म्यानमारसँग भिड्दैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बलियो मानिएको म्यानमारसँग अन्तर्राष्ट्रिय महिला च्याम्पियसिपको उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको नेपाल जित हातपार्दै उपाधि कब्जा गर्न चाहन्छ।
४ देशीय शृंखलामा उत्कृष्ट बन्दै नेपाल र म्यानमार फाइनल पुगेका हुन्। नेपालले लेबनान र किर्गिस्तानलाई हराउँदै फाइनल पुगेको हो भने यता म्यानमार पनि तिनै टोलीलाई पराजित गर्दै उपाधि दाबेदार बनेको हो।
आइतबार नेपाल र म्यानमारसँगको खेल भने बराबरीमा टुंगियो। नेपाल र म्यानमार उपाधिका लागि भिड्न लागेको यो दोस्रो पटक हो। यसअघि नेपालले सन् २०१९ मा भारतमा भएको हिरो वुमन्स गोल्डकपको उपाधिका लागि म्यानमारसँग खेलेको थियो। तर उपाधि भिडन्तमा नेपाल ३-१ गोलले पराजित भएको थियो।
नेपाल म्यानमारसँग खेलबाट जित हात पार्दै इतिहास रच्न चाहन्छ। नेपाली महिला टिमले हातसम्म कुनै पनि प्रतियोगिताको उपाधि हात पारेको छैन। यसपटक इतिहास रच्ने टिमको दाबी छ। तर, यो जित पनि सहज छैन।
नेपालभन्दा फिफा वरीयतामा ४८ स्थानमाथिको म्यानमारलाई नेपालले हराउन भने सहज छैन। लिग चरणमा म्यानमारले पहिलो रोजाइका केही खेलाडीलाई आराम दिएको थियो। यद्यपि, म्यानमारका प्रशिक्षकले आफ्ना सबै खेलाडी उत्कृष्ट भएको प्रतिक्रिया दिएका थिए।
बुधबार साँझ ६ बजे फाइलनमा भिड्नुअघि नेपालका प्रशिक्षक राजेन्द्र तामाङले फाइनल जित्न राम्रो तयारी गरको दाबी गरेका छन्। नेपालकी कप्तान एन्जिला तुम्बापो सुब्बाले यसअघि रजतमा सीमित भएको इतिहास सम्झिँदै यसपटक उपाधिका लागि ‘फाइट’ गर्ने बताइन्।
बुधबार नेपालले १५ वर्षमा आफ्नो १३ औं फाइनल खेल्न लागेको हो।
नेपालले १२औं गत कात्तिकमा खलेको थियो। साफ महिला च्याम्पिनसिपको फाइनलमा दशरथ रंशगालामा नेपाल बंगलादेशसँग २-१ गोलले पराजित हुँदा लगातार १२ औं फाइनलमा पनि उपविजेतामै सीमित बनेको थियो।
नेपाली नेपाली महिला फुटबलका लागि अन्तर्राष्ट्रिय फुटबलको फाइनल लगातार पीडादायी बनिरहेको छ। गत कात्तिमा घरेलु दर्शक र सेमिफाइनलमा पाँच पटकको विजेता भारतविरूद्ध जित निकाल्दा आत्मविश्वासी देखिएको नेपाली टोली बंगलादेशविरुद्धको फाइनलमा सफल भने हुन सकेन।