शिव भगवान्लाई के चढाएर पूजा गर्ने?

हिमाल प्रेस १४ फागुन २०८१ ६:३१
4
SHARES
शिव भगवान्लाई के चढाएर पूजा गर्ने?

काठमाडौँ- महाशिवरात्रि पर्वका अवसरमा देशभरका शिवालयहरूमा भगवान् शिवको विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदैछ ।

आज पाशुपत क्षेत्रमा भगवान् शिवको विशेष अनुष्ठान र पूजा अर्चना हुनेगर्छ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्। शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरूमा दर्शनार्थीहरुको घुइँचो छ ।

आज भक्तजनहरू व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजाअर्चना गर्छन्। आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाइ भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाइ खाने पनि चलन रही आएको छ

आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ ।

प्रकाशित: १४ फागुन २०८१ ६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast