
बुटवल- बुटवल उपमहानगरपालिकाले फागुन १५ गते मगर दिवसको अवसरमा स्थानीय सार्वजनिक बिदा दिएको छ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले मंगलबार एक सूचना प्रकाशित गरी यही फागुन १५ गते बिहीबार मगर दिवसको अवसरमा एक दिनका लागि स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएका हुन्।
उक्त दिन बुटवल उपमहानगरपालिका कार्यालयसहित वडा कार्यालय तथा शिक्षण संस्था बन्द रहने सूचनामा जनाइएको छ।
नेपाल मगर संघ बुटवल उपमहानगर समितिसहित मगर संघ जिल्ला समन्वय समिति रूपन्देहीले मगर दिवसको दिन फागुन १५ गते सार्वजनिक बिदा दिन माग गर्दै बुटवल उपमहानगरपालिकालाई ज्ञापनपत्र समेत बुझाएका थिए।
प्रकाशित: १३ फागुन २०८१ २०:३३
प्रतिक्रिया