महाशिवरात्रिका तीन फिल्मकाे भिडन्त, कुन हलले कति शो दियाे?

हिमाल प्रेस १३ फागुन २०८१ १३:२३
22
SHARES
महाशिवरात्रिका तीन फिल्मकाे भिडन्त, कुन हलले कति शो दियाे?

काठमाडाैँ- महाशिवरात्रिको अवसरमा फागुन १४ अर्थात् भाेलिदेखि हलमा तीन नेपाली फिल्म भिड्दै छन्। ‘लाज शरणम्’, ‘मायावी’ र ‘फेरि रेशम फिलिली’। पाेस्टर टिजर, ट्रेलर र गीतजस्ता प्रचार सामग्रीले दर्शकलाई फिल्मप्रति कौतुहलता जगाएको देखिन्छ। तिहारपछि व्यापार शून्य भएकाे हलमा यी फिल्मप्रति दर्शककाे अपेक्षा बढाएकाे छ। तीनओटै फिल्मले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ। त्यस्तै साेमबार देखिनै फिल्मकाे बुकिङ खुलिसकेकाे छ।

हेराै‌ं, कुन  फिल्मको कति शो? 

लाज शरणम्
कुमार कट्टेलको डेब्यु निर्देशनमा बनेको फिल्म हो ‘लाज शरणम्’। कमेडी जनरामा आधारित फिल्म जेपिटी क्रियसनकाे ब्यानरमा निर्माण भएकाे छ। फिल्ममा  चर्चित टेलिफिल्म ‘सक्किगोनी’ कै अभिनय छ।

फिल्ममा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, प्रशान्त ताम्राकार, अर्जुन घिमिरे, हरि निरौला, मुकुन्द श्रेष्ठ, विजय लामा, रामभजन कामत, अर्जुन घिमिरे, सागर लम्साल, कमलमणि नेपाल, महेश त्रिपाठी, रेणुनाथ योगी, प्रियाना आचार्य, बबिन राईलगायतको अभिनय छ। फिल्मका निर्माता नवीन श्रेष्ठ हुन्।

देशकै ठुलाे मल्टिप्लेक्स हल क्युएफएक्स सिनेमाजले उपत्यका  सात हलमा ३० र मोफसलमा ३८ गरी देशभर ६८ सो दिएको छ।

आईएनआई सिनेमाजमा १५, वान सिनेमाजमा ९, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, एफक्युब सिनेमाज, सिडिसी सिनेमाजमा ५/५ सो, बिएसआर मुभिज, सिके सिनेमाज, विश्वज्योति हल, सिटीम्याक्स सिनेमाजमा ४/४ सो, कीर्तिपुर सिनेप्लेक्समा ३ सो पाएको छ। देशैभर फिल्मले १ सय ५० भन्दा बढी साे पाएकाे टिमले जनाएकाे छ।

 

फेरि रेशम फिलिली
निरोज महर्जनको डेब्यु निर्देशित फिल्म ‘फेरि रेशम फिलिली’ लाई क्युएफएक्स सिनेमाजले उपत्यकामा २५ शो र मोफसलमा २८ गरी ५३ सो दिएको छ।

आईएनआई सिनेमाजमा १३, वान सिनेमाजमा दुई हलमा ८, बिग मुभिज र एफक्युब सिनेमाजमा ५/५, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, सटीम्याक्स सिनेमाज, सिडिसी सिनेमाजमा ३/३ सो पाएको छ। त्यस्तै कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हललगायत गरी देशैभर फिल्मले करिब १ सय ५० साे पाएकाे टिमले जानकारी दिएकाे छ।

फिल्ममा डिभी परेपछि अमेरिका जाने तयारी गरिरहेका एक युवकको विदेश मोहलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ। फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापालगायत कलाकारको अभिनय छ।

निर्देशक निरोजकै फिल्मको कथा लेखेका हुन्। पटकथा लेखनमा निर्देशक महर्जन र आकाश बरालले सहकार्य गरेका छन्। सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता रौनक विक्रम कँडेल हुन्।

फिल्ममा विजय श्रेष्ठ, सुपुष्पा भट्टसहित कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रवीन्द्र झालगायत कलाकारले अभिनय गरेका छन्।

 

मायावी
दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’लाई क्युएफएक्स सिनेमाजले उपत्यकामा २० र मोफसलमा २० गरी देशैभर ४० सो दिएको छ।

आईएनआई सिनेमाजअन्तर्गत् १०, वान सिनेमाजमा ६, बिग मुभिज, एफक्युब सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, सिडिसी सिनेमाजमा ३/३ सो छ। विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्स, सटीम्याक्स सिनेमाजलगायत अन्य हलमा पनि फिल्मकाे साे छ। देशैभर फिल्मले १०० भन्दा बढी साे पाएकाे टिमले जनाएकाे छ।

प्रेम र त्यागको कथा प्रस्तुत गरिएको फिल्मको कथा र पटकथा निर्देशक दिवाकरले नै लेखेका हुन्। मुख्य भूमिकामा छन्, दीपिका प्रसाईं र पल शाह।

फिल्ममा प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, समिम खान, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौड्याल, रवि डंगोललगायत कलाकारको अभिनय छ। क्रिएटिभ सिने आर्ट्सको ब्यानरमा बनेको फिल्ममा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तले लगानी गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast