नेपाल र म्यानमारबीचको फाइनल खेलको टिकटदर सार्वजनिक : प्याराफिटको एक हजार, भीआईपीको २ हजार

हिमाल प्रेस १३ फागुन २०८१ ८:२५
8
SHARES
नेपाल र म्यानमारबीचको फाइनल खेलको टिकटदर सार्वजनिक : प्याराफिटको एक हजार, भीआईपीको २ हजार

काठमाडौँ- ४ देशीय महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको फाइनलको टिकट तोकिएको छ।

अखिल नेपाल फुटबल एसोसिएसन (एन्फा)का अनुसार नेपाल र म्यानमारबीच बुधवार हुने फाइनल खेल लागि भीआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ।

लिगमा भीआइपीतर्फ १ हजार र‌ साधारणतर्फ ५ सय रुपैयाँको‌ टिकट दर राखिएको थियो। च्याम्पियनसिपमा नेपाल, लेबनान, ताजकिस्तान र म्यानमार सहभागी छन्। नेपाल र म्यानमार फाइनल पुगेका हुन्।

उपाधिका लागि यी दुई टोली बुधबार दशरथ रंगशालामा भिड्नेछन्। समूह चरणको अन्तिम खेलमा दुई टोली २-२ गोलमा रोकिएका थिए।

प्रकाशित: १३ फागुन २०८१ ८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast