बागलुङमा जिप हुँदा २ को मृत्यु, ५ घाइते

हिमाल प्रेस १३ फागुन २०८१ ६:५८
8
SHARES
बागलुङमा जिप हुँदा २ को मृत्यु, ५ घाइते

काठमाडौँ- बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको भने पाँचजना घाइते भएका छन्।

बडिगाड गाउँपालिक–७ भिमगिठेबाट बडिगाड १० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको जिप मंगलबार साँझ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

दुर्घटनामा निसीखोला गाउँपालिका–७ चोलाङ निवासी ७५ वर्षिय खड्कबहादुर कुवँर र ढोरपाटन नगरपालिका ५ बस्ने ३५ वर्षीया जुना कँडेलको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायक उपरीक्ष विजय यादवका अनुसार उकालो सडकमा ब्याक भएर जिप दुर्घटना भएको हो।

प्रकाशित: १३ फागुन २०८१ ६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast