‘ग्रामर गुरु’ चूडामणि गौतमको निधन

हिमाल प्रेस १३ फागुन २०८१ ६:४२
12
SHARES
‘ग्रामर गुरु’ चूडामणि गौतमको निधन चूडामणी शर्मा। तस्बिर : तीर्थ कोइराला फेसबुक

काठमाडौँ-  नेपाली शब्दकोषका लेखक एवं ‘ग्रामर गुरु’ नामले परिचित चूडामणि गौतमको निधन भएको छ।

दजनौँ पुस्तकका लेखक समेत रहेका गौतमको ८२ वर्षमा फागुन १२ गते काठमाडौँमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

केही दिनअघिसम्म लेखनमै सक्रिय गौतमको आस्कमिक निधन भएको जनाइएको छ। उनी
नेपाली भाषाको व्याकरण, शब्दकोश र अंग्रेजी ग्रामरका विभिन्न चार दर्जन पुस्तकका लेखक गुरु मानिन्छन्।

उनले गौतम एड्भान्स्ड लर्नर्स डिक्सनरी (२०६९), नेपाली–इङ्गलिस डिक्सनरी (२०५८), राम्रो अंग्रेजी बोलचाल अभ्यास (२०५०), गौतम व्यावहारिक नेपाली शब्दकोश (२०७२), विवादित वर्णविन्यासको नेपाली शब्दकोश (२०७३), नेपाली शब्दको दुर्दशा, फुलको माला क्या मज्जा (२०७१), नेपाली शुद्धाशुद्धि ज्ञान (२०७३) लगायतका भाषा सम्बन्धी पुस्तक लेखेका छन्।

प्रकाशित: १३ फागुन २०८१ ६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast