पोखरामा त्रिदेशीय पर्यटन एक्स्पो

हिमाल प्रेस १२ फागुन २०८१ १८:२१
8
SHARES
पोखरामा त्रिदेशीय पर्यटन एक्स्पो

पोखरा- नेपालको पर्यटन राजधानी पोखरामा पहिलो त्रिदेशीय पर्यटन एक्स्पो, नाइस–२०२५ (नेपाल, भारत, चीन एक्स्पो) आज (सोमबार) देखि सुरु भएको छ।

नेपाल पर्यटन बोर्ड र प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको सहकार्यमा फागुन १२ देखि १४ गतेसम्म सञ्चालन भइरहेको यस एक्स्पोमा ८० अन्तर्राष्ट्रिय बायर्स, ७० सेलर्स र ७५ एक्जिविटर्ससहित ६ सय भन्दा बढी सहभागिता छ।

पोखरा पर्यटन परिषद् र अन्य सरकारी तथा निजी क्षेत्रका साझेदार र सरोकारवालाहरूको संयोजनमा आयोजित यस एक्स्पोले तीन देशका पर्यटन र आतिथ्य क्षेत्रका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूलाई एकै स्थानमा ल्याएको छ। जसले व्यावसायिक अनुभव र व्यापार अवसरहरूको आदानप्रदान गर्न मद्दत गर्ने विश्‍वास पर्यटन बोर्डले लिएको छ।

नाइस-२०२५ एक्स्पोले तीन देशहरू बीचको सम्पर्क सुदृढ गर्दै, पर्यटन गतिविधिको वृद्धि गर्ने उद्देश्य राखेको छ। नेपाल भ्रमण गर्ने पर्यटकहरू र अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसँग प्री-एक्स्पो गन्तव्य अनुभवको अवसर पनि प्रदान गरिएको छ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले यो एक्स्पो केबल एउटा कार्यक्रम मात्र नभई समग्र पर्यटन क्षेत्रको लागि गौरवको क्षण भएको बताए।

प्रकाशित: १२ फागुन २०८१ १८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast