
काठमाडौँ- ललितपुरको च्यासल स्टेडियमा आगामी चैत्रको २३ मा ‘पाटन फेस्ट २०२५’ हुने भएको छ। महोत्सव नेपाल रोयल मल्टिप्रपोजले आयोजना गरेको हो।
महोत्सवमा युवापुस्ताका लोकप्रिय ४ ब्याण्डले प्रस्तुति दिने आयोजकले बताएको छ। आयोजकले पाटनको स्थानीय पर्यटनलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ।
आयोजककाअनुसार सांगीतिक ब्याण्ड ‘जोन एण्ड द लोकल्स’ ले आफ्नो प्रस्तुति दिने पक्का भएको छ। यो ब्याण्डका गायक जोन चाम्लिङ राइको ‘हावा जस्तै, के गरौं, निहिती’ लगायतका गीत चर्चित छ। अन्य ३ ब्याण्ड केही दिनमै सार्वजनिक गरिने आयोजकले जानकारी दिए।
महोत्सवमा सहभागी हुन दर्शकले खल्ती एपबाट ६ सय, एक हजार र १२ सयको टिकट खरिद गर्न सक्नेछन्। साथै, टेबल बुक गर्न चाहनेका लागि ३० हजारदेखि ६० हजारसम्मको टिकट खरिद गर्न सक्ने आयोजकले बताएको छ।
यस्तै, महोत्सवमा खानपानका लागि २० स्टलसमेत राखिनेछ। आयोजकले कन्सर्टमा ८ देखि १० हजार दर्शक उपस्थित हुने विश्वास लिएको छ।