
काठमाडौँ- स्पेनिस लालिगामा शीर्ष बन्ने दौड रोचक बन्दै गएको छ। स्पेनिस दुई सर्वाधिक सफल टोली बार्सिलोना र रियल मड्रिडको आरोहअवरोहले शीर्षमा पुग्ने प्रतिस्पर्धा चलिरहेको छ।
रियल मड्रिडले जिरोनाविरुद्ध २-० को जित निकाल्दा शीर्ष टोली बार्सिलोनासँग अंक बराबर बनाएको छ। शीर्षमा रहेको बार्सिलोनाको २५ खेलबाट ५४ अंक रहेकोमा रियलले पनि समान खेलबाट अंक बराबरी गरेको छ।
यता तेस्रोमा रहेको एथ्लेटिकोसँग पनि प्रतिस्पर्धा तीब्र छ। एथ्लेटिकोको पनि समान खेलबाट ५३ अंक छ। अबको प्रतिस्पर्धा भने ३ टिमबीच हुने देखिएको छ। रियलका शीर्षमा पुर्याउन स्यान्टियागो बर्नाबेउमा घरेलु टोली रियाललाई जित दिलाउन कप्तान लुका मोड्रिच र भिनिसियस जुनियरले गोल गरे।
खेलको ४१औं मिनेटमा मोड्रिचको गोलमार्फत रियालले अग्रता लिएको थियो। उनले रोड्रिगोको कर्नरलाई हेडमार्फत गोल गरे।
निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा भिनिसियसले गोल गर्दै रियालको जित फराकिलो बनाए।