हिसान बास्केटबल प्रतियोगिता सुरू

हिमाल प्रेस ११ फागुन २०८१ १९:०३
हिसान बास्केटबल प्रतियोगिता सुरू

काठमाडौँ- हिसान कप ललितपुर बास्केटबल च्याम्पियनसिप, २०२५ आइतबारदेखि आईबी कन्टिन्युम स्कूलमा सुरू भएको छ। हिसानको आयोजना सुरू भएको प्रतियोगिता ६ दिनसम्म चल्ने छ।

१८ विद्यालयका २४ टिमले प्रतिस्पर्धा गरिरहेको यो प्रतियोगितामा प्लस टू र स्नातक तहका छात्रछात्राले भाग लिएका छन्।

आइतबार सम्पन्न प्रतियोगिताको पहिलो चरणमा प्लस टू छात्रतर्फ प्रिमियर इन्टरनेसनल आईबी स्कूल, लिटिल एन्जल्स स्कूल, ब्लूबर्ड स्कूल र आइडियल मोडेल स्कूलका टिमहरूले पहिलो जित दर्ज गरे।

त्यस्तै प्लस टू छात्रातर्फ ब्लूबर्ड र लिटिल एन्जल्स स्कूलले जित हासिल गरेका छन्। स्नातक छात्रतर्फ नागर्जुन कलेज र पिनाकल कलेजले जित प्राप्त गरेका छन्।

पहिलो हिसान कप खेलमात्र नभएर एकता र समुदायको ऊर्जा मनाउने उत्सव रहेको आयोजकले जनाएको छ।

प्रकाशित: ११ फागुन २०८१ १९:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast