प्रकृति संरक्षणमा सेना

हिमाल प्रेस ११ फागुन २०८१ १८:३७
20
SHARES
प्रकृति संरक्षणमा सेना जंगी अड्डा

काठमाडौँ- नेपाली सेनाले करिब १० वर्षको अवधिमा १६ लाख १८ हजारभन्दा बढीको सङ्ख्यामा वृक्षरोपण गरेको छ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति र सेनाको सहकार्यमा आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म उक्त सङ्ख्यामा वृक्षरोपण सम्पन्न भएको सैनिक मुख्यालयमा आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

राष्ट्रिय पुँजी र अर्थतन्त्रको विकास गर्न प्रकृतिको संरक्षण र संवर्द्धनसहित पर्यटन उद्योग एक महत्वपूर्ण क्षेत्रका रूपमा लिने गरिएको छ।

सोही कार्यक्रमअन्तर्गत हालसम्म चुरे क्षेत्रमा रहेका २० वटा तालतलैयाको संरक्षण र पुनः निर्माण गरिएको छ। मुलुकका १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा/एउटा वन्यजन्तु आरक्ष र सिकार आरक्षसहित चुरे क्षेत्र संरक्षण गर्न नेपाली सेनाका आठ गण, दुई वटा वन तथा पर्यावरण सुरक्षा गण र सात वटा अनाश्रित गुल्ममा गरी नौ हजार ४६ जना जनशक्ति परिचालित रहेको युद्धकार्य निर्देशक रवीन्द्र खत्रीले जानकारी दिए।

नेपाली सेनाले चार दशकदेखि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष सुरक्षाको जिम्मेवारी लिएपछि लोपोन्मुख वन्यजन्तुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको जानकारी दिइयो। यसै सन्दर्भमा सन् २००९ मा नेपालमा एक सय २१  बाघ रहेकामा हाल त्यो सङ्ख्या बढेर तीन सय ५५ पुगेको छ।

यस्तै, सन् २००५ मा चार सयको सङ्ख्यामा रहेका लोपोन्मुख एकसि‌ंगे गैँडाको सङ्ख्या ७५२ भन्दा बढी रहेको जानकारी दिइयो।

प्रकाशित: ११ फागुन २०८१ १८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast