स्थानीय युवामैत्री शासन घोषणा पूर्व तिलोत्तमा दोस्रो युवा सम्मेलन

हिमाल प्रेस ११ फागुन २०८१ ११:२९
14
SHARES
स्थानीय युवामैत्री शासन घोषणा पूर्व तिलोत्तमा दोस्रो युवा सम्मेलन

लुम्बिनी- युवामैत्री स्थानीय शासन घोषणाको तयारीमा रहेको रूपन्देहीको तिलोत्तमा नगरपालिकाले दोस्रो युवा सम्मेलन गरेको छ।

तिलोत्तमा नगरभित्रका युवाको सहभागितामा विभिन्न विषयमा छलफल गरी युवा सम्मेलन गरिएको हो। शनिबार तिलोत्तमा नगरभित्रका युवा उद्यमीको अनुभव तथा युवाको मुद्दामा जवाफदेहिताको खोजी गर्ने गरी छलफल गरिएको हो।

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले युवालाई शिक्षित बनाउनका संघ, प्रदेश र स्थानीय सरकार लागि परेको बताए। नगरपालिकालाई समृद्ध बनाउन स्थानीय क्षेत्रमा उद्यम र स्वरोजगारका लागि युवामा निराशा मात्रै नभई युवाले केही गरुन् भन्ने उद्देश्य राखेको बताए। सरकारले शिक्षामा ठूलो लगानी गरेकोले युवामा क्रियटिभ, इनोभेसन हुनुपर्ने र नेपालमै अवसर नै छैन भन्ने भाष्य निर्माण गर्न खोजेकोले यस्ता भ्रममा नपर्न आग्रह गरे।

उपप्रमुख जागेश्वरी चौधरीले तिलोत्तमा नगरपालिकालाई युवामैत्री नगरपालिका बनाउने गरी लागि परेकाले युवा समेत जागरुक हुनुपर्ने बताए। लुम्बिनी प्रदेश युवा परिषद्का कार्यकारी पूर्व उपाध्यक्ष गोविन्द केसीले युवाले सीप सिक्न सके स्वदेशमै उद्यमी बन्न सक्ने बताए।

युवालाई प्रेरणा दिन राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, राष्ट्रिय युवा परिषद्का प्रमुख प्रशिक्षक चन्द्र कुमारी थापा, युवा अभियन्ता तथा एक्स्ट्राटेक क्रिकेट खेल मैदानका सञ्चालक विनोद कुँवर लगयातले युवाले आफ्नो दक्षता लगाव र मेहनतसँगै निरन्तरताले सफलता प्राप्त गर्न सकिने बताएका थिए।

सम्मेलनमा युवा सहभागिता, व्यावसायिक सफलता, र उद्यमी यात्रा, युवा सहभागिता र राजनीति, तिलोत्तमाका विषयगत समितिको कार्यका बारेमा बहस गरिएको तिलोत्तमा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा कार्यक्रमका संयोजक रवि सेन्चुरीले बताए।

प्रकाशित: ११ फागुन २०८१ ११:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast