त्रिशूलीमा १० दिनपछि भेटियो रोहित रानाको शव

हिमाल प्रेस ११ फागुन २०८१ ११:१४
74
SHARES
त्रिशूलीमा १० दिनपछि भेटियो रोहित रानाको शव सशस्त्र प्रहरी बलको गोताखोर टोली। फाइल तस्बिर

काठमाडौँ- मुग्लिन-नारायणगढ सडकमा मोटरसाइकल दुर्घटनामा परी हराइरहेका रोहित रानाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नं. पुलमा मोटरसाइकल दुर्घटना भई त्रिशूली नदीमा हरारहेका रोहित रानाको शव सशस्त्र प्रहरीको गोताखोरले आइतबार फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

नारायणघाटबाट मुग्लिनतर्फ गुडिरहेका बेला बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल फागुन २ गते ११ः४० बजेको समयमा दुर्घटना भएको थियो।

दुर्घटनामा परी हराइरहेका रानको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर निरन्तर परिचालन गरिएको थियो। आइतबार बिहान सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भुलबहादुर थापाको कमान्डमा परिचालित गोताखोरसहितको सुरक्षा फौजले उनको शव फेला पारी नदीबाट बाहिर निकालेको हो। उनी भारतीय सेनामा कार्यरत रहेको र चितवनस्थित घरबाट काठमाडौँ हिँडेको परिवारका सदस्यहरूले बताएका थिए।

प्रकाशित: ११ फागुन २०८१ ११:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast