
म्याग्दी- म्याग्दीको मंगला गाउँपालिका–३ मा स्तरोन्नतिको क्रममा रहेको पखेर-बरंजा सडक।
गण्डकी प्रदेश सरकारको करिब ६ करोड लगानीमा पखेरदेखि बरंजा जोड्ने पाँच किलोमिटर फराकिलो पार्ने, नाली, पर्खाल निर्माण र ढलान गर्ने काम भइरहेको छ। यो सडक मंगला गाउँपालिकाको ३ र ४ नम्बर वडामा पर्ने बरंजाका साथै बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्छन्। तस्बिरः सन्तोष गौतम/रासस
प्रकाशित: ११ फागुन २०८१ ९:४८
प्रतिक्रिया