आर्सनलले गुमायो लिभरपुलसँग दूरी घटाउने अवसर, युनाइटेड फेरि पनि जित विहीन

हिमाल प्रेस ११ फागुन २०८१ ७:३०
6
SHARES
आर्सनलले गुमायो लिभरपुलसँग दूरी घटाउने अवसर, युनाइटेड फेरि पनि जित विहीन

काठमाडौँ- १० खेलाडीमा सीमित आर्सनलले इंग्लिस प्रिमियर लिगमा हार ब्यहोर्दा शीर्ष टोली लिभरपुलसँग अंक अन्तर घटाउने मौका गुमाएको छ। लिग लिडर लिभरपुलसँग अंक दूरी घटाउने अवसर पाए पनि आर्सनल चुकेको हो। हालसम्म लिभरपुलको ६१ अंक र आर्सनलको ५३ अंक छ।

यदि आर्सनलले शनिबार रातिको खेलमा वेस्ट ह्यामसँग जित निकालेको भए अंक दूरी घट्ने पक्का थियो। तर, १० खेलाडीमा सीमित आर्सनल दबाबमा आउँदा सोही अवसर गुमायो। वेस्ट ह्यामका लागि खेलको ४४ औं‌ मिनेटमा जारोड बोवेनले गरेको गोल नै निर्णायक बन्यो।

आर्सनलले‌ १० खेलाडीमा रहेर खेलको‌ अन्त्य गर्‍यो। माइल्स लुईस- स्केलीले ७३ औं मिनेटमा रातो कार्डको‌ सामना गर्दै मैदान छाडे। यता शनिबार रातिकै अर्को खेलमा म्यानचेस्टर युनाइटेड र एभर्टनले अंक बाँडेका छन्। शनिबार दुवै टोलीले २–२ गोल गर्दा अंक बाँड्न बाध्य भएका हुन्।

घरेलु मैदान गोडिसन पार्कमा एभर्टनका लागि बेटो र अब्दौले डौकोरेले गोल गरे। युनाइटेडका ब्रूनो फर्नांडिस र म्यानुअल उगार्टेले गोल गरे।

१९औं मिनेटमा एभर्टनका बेटोको गोलमा टोलीले सुरुवाती अग्रता लियो। ३३औं मिनेटमा डौकोरेले गोल गर्दा एभर्टनले‌ पहिलो हाफमा २-० को अग्रता बनायो । ७१औं मिनेटमा युनाइटेडका फर्नाडिसले गोल गर्दै अन्तर घटाए। ८२औं मिनेटमा उगार्टेको गोलमा युनाइटेडले बराबरीमा गर्‍यो।

युनाइटेड २६ खेलमा ३० अंकका साथ १५औं स्थानमा छ । एभर्टन समान खेलमा ३१ अंकका साथ १२औं स्थानमा छ । २६ खेलमा ६१ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहेको छ ।

दोस्रो स्थानको आर्सनलको २६ खेलमा ५३ अंक‌ छ। शीर्ष स्थानको लिभरपुलको समान खेलमा ६१ अंक छ।

प्रकाशित: ११ फागुन २०८१ ७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast