अस्ट्रेलियाको जितले छायाँमा परेको बेन डकेटको १६५ रनको पारी

हिमाल प्रेस ११ फागुन २०८१ ७:१६
8
SHARES
अस्ट्रेलियाको जितले छायाँमा परेको बेन डकेटको १६५ रनको पारी इंग्ल्यान्डका ओपनर बेन डकेट, जसले अस्ट्रेलियाविरुद्धको खेलमा सर्वाधिक १६५ रन जोडेर कीर्तिमान कायम गरेका थिए। तस्बिर : आईसीसी

काठमाडौँ- च्याम्पियन्स ट्रफीको शनिबार रातिको खेलमा इंग्ल्यान्डमाथि अस्ट्रेलियाले अप्रत्यासित जित निकाल्यो। अस्ट्रेलियाको जितले क्रिकेट इतिहासमा अनेक कीर्तिमान बने भने सानदार ब्याटिङ गर्दा समेत इंग्ल्यान्ड पराजित बन्यो।

जुन खेलको पहिलो इनिङ्समा इंग्ल्यान्डका ओपनर बेन डकेटले सर्वाधिक १६५ रन जोडेका थिए। उनले १४३ बलमा १७ चौका र ३ छक्का प्रहार गर्दै जोडेर जुन स्कोर समेत अस्ट्रेलियाको जितले छायाँमा पारिदियो।

डकेटले च्याम्पियन्स ट्रफीको इतिहासमा व्यक्तिगत सर्वाधिक रन बनाएका थिए। डकेटको यो स्कोरसँगै इंग्ल्यान्डले ३५२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। तर जुन विशाल रन अस्ट्रेलियाले सहज रूपमा पूरा गर्दै अर्को कीर्तिमान कायम गर्‍यो।

योसँगै अस्ट्रेलियाले आईसीसी प्रतियोगिताकै इतिहासमा सबैभन्दा धेरै रनको टार्गेट सफल रूपमा चेज गरेर कीर्तिमान पनि बनायो। ३२ रनको विशाल लक्ष्य अस्ट्रेलियाले ४७.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। अस्ट्रेलियाको जितमा इंग्लिसले नट आउट रहँदै सर्वाधिक १२० रन जोडे। उनले ८६ बलमा ८ चौका र ६ छक्का प्रहार गरे।

ओडिआई करियरको पहिलो शतक इंग्लिसले ७७ बलमा पूरा गरे। अस्ट्रेलियाले २७ रन जोड्दा २ विकेट गुमाएर खराब सुरुवात गरेको थियो।

अस्ट्रेलियाको तेस्रो विकेटका लागि माथ्यु शर्ट र मार्नुस लाबुशेनले ९५ रनको साझेदारी गरे । ओपनर शर्टले ६६ बलमा ९ चौका र १ छक्काको सहयोगमा ६३ रन जोडे।

लाबुशेन ४५ बलमा ५ चौकाको सहयोगमा ४७ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका कप्तान स्टिभ स्मिथ ५ रनमा आउट भए ।

पाँचौ विकेटका लागि इंग्लिस र एलेक्स केरीले १४६ रनको महत्वपूर्ण साझेदारी गरे । केरीले ६३ बलमा ८ चौकाको सहयोगमा ६९ रन बनाए ।

ग्लेन म्याक्सवेल १५ बलमा ३२ रनमा नट आउट रहँदा ओपनर ट्राभिस हेड ५ रनमा आउट भए ।इंग्ल्यान्डका लागि आदिल राशिद, मार्क वुड, बायडेन कार्स, लियम लिभिङ्स्टोन र जोफ्रा आर्चरले समान १ विकेट लिए ।

त्यसअघि पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा टस हारेर ब्याटिङको निमन्त्रणा पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३५१ रनको विशाल योगफल तयार गर्यो ।

इंग्ल्यान्डका ओपनर डकेटले नट आउट रहँदै सर्वाधिक १ सय ६५ रन जोडे। जो रुटले ७८ बलमा ४ चौकाको सहयोगमा ६८ रनको अर्धशतकीय इनिङ खेले। कप्तान जोस बटलर २३, जेमी स्मिथ १५, लियम लिभिङ्स्टोन १४ रन बनाए। जोफ्रा आर्चर २१ रनमा नट आउट रहँदा बायडेन कार्सले ८ रन जोडे।

अस्ट्रेलियाका लागि बेन ड्वारशुइसले ३, मार्नुस लाबुशेन र एडम जाम्पाले समान २ तथा ग्लेन म्याक्सवेलले १ विकेट लिए। जितसँगै अस्ट्रेलिया पहिलो खेलमा जितका साथ दोस्रो स्थानमा छ पराजित इंग्ल्यान्ड भने अंक बिहिन रहेको छ। यस समूहमा रन रेटका आधारमा दक्षिण अफ्रिका शीर्ष स्थानमा छ। च्याम्पियन्स ट्रफीमा सोमवार यूएईमा भारत र पाकिस्तानबीच खेल हुँदैछ।

प्रकाशित: ११ फागुन २०८१ ७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast