नेसपा (नयाँ शक्ति) केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौँमा सुरु

हिमाल प्रेस १० फागुन २०८१ १९:१७
130
SHARES
नेसपा (नयाँ शक्ति) केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौँमा सुरु नेसपा (नयाँ शक्ति) केन्द्रीय समितिको पूर्ण बैठक।

काठमाडौँ– गएको माघ २७–२९ काठमाडौँमा सम्पन्न पहिलो ऐतिहासिक महाधिवेशनपछि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौँमा सुरु भएको छ।

आइतबारसम्म चल्ने बैठकमा आज महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई सपथ ग्रहण गराइएको छ। बैठकमा वैचारिक राजनीतिक कार्यदिशा र संगठनात्मक सिद्धान्त, प्रणाली, पार्टीको आचारसंहिता र कार्यविधि, विभिन्न केन्द्रीय परिषद् तथा आयोग गठन, पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना र समसामयिक प्रस्तावहरूबारे छलफल सुरु भएको छ।

बैठकमा उपाध्यक्ष ईश्वर रिजालले पदाधिकारी एवं सदस्यहरूले पालना गर्नुपर्ने आचारसंहिता प्रस्तुत गरेका थिए। सचिव लक्षण कार्कीले ३ महिने संगठन विस्तार तथा सुदृढीकरण अभियानबारे प्रस्ताव पेस गरे।

त्यसैगरी, महासचिव सोनामसिं स्याङ्तानले संगठनात्मक सिद्वान्त र प्रणालीबारे बैठकमा बोले।

मुख्य निर्णय आइतबार हुने पार्टी उपाध्यक्ष मानुषी यमि भट्टराईले जानकारी दिइन्। नेसपा नयाँ शक्तिको ९९ सदस्यीय केन्द्रीय कार्यसमिति छ।

प्रकाशित: १० फागुन २०८१ १९:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast