आईसीसी च्याम्पियन्स ट्रफी : अस्ट्रेलिया–इंग्ल्यान्ड भिड्दै, कसको पल्लाभारी?

हिमाल प्रेस १० फागुन २०८१ १४:५१
10
SHARES
आईसीसी च्याम्पियन्स ट्रफी : अस्ट्रेलिया–इंग्ल्यान्ड भिड्दै, कसको पल्लाभारी? तस्बिर : क्रिक इन्फो

काठमाडौँ- आईसीसी च्याम्पियन्स ट्रफीमा शनिबार चिरपरिचित प्रतिद्वन्दी अस्ट्रेलिया र इंग्ल्यान्ड भिड्दै छ। पाकिस्तानको लाहोरमा दुवै टोलीबीच खेल हुन लागेको हो।

केही बेरअघि भएको टस अस्ट्रेलियाले जितेको छ। टस जितेको अस्ट्रेलियाले फिल्डिङ रोजेको हो। समूह ‘बी’ मा रहेका अस्ट्रेलिया र इंग्ल्यान्ड मजबुत टोली ठानिएको छ।

‘हेड टू हेड’

आईसीसी च्याम्पियन्स ट्रफीमा हालसम्म अस्ट्रेलिया र इंग्ल्यान्ड पाँचपटक आमुनेसामुने भएका छन्। जसमध्ये अस्ट्रेलियाले तीनपटक जित हासिल गर्दा इंग्ल्यान्डले दुई खेल जितेको छ। इंग्ल्यान्डले सन २०१३ र २०१७ मा अस्ट्रेलियाविरूद्ध जित हासिल गरेको थियो।

त्यस्तै एकदिवसीय क्रिकेटमा दुवै टिम १६१ पटक आमनेसामने भइसकेका छन्। जसमध्ये अस्ट्रेलियाले ९५ र इंग्ल्यान्डले ६१ खेल जितेको छ। दुई म्याच बराबरीमा टुंगिदा तीन खेलमा परिणामविहीन रहेका छन्।

आईसीसी च्याम्पियन ट्रफी २०२५ मा अस्ट्रेलिया आफ्ना प्रमुख बलरविना मैदानमा उत्रिनु परेको छ। प्याट कमिन्स, जौस हैजलवुड र मिचेल स्टार्क चोटिल भएका कारण टिमबाहिर छन्। त्यस्तै ब्याटर क्यामरून ग्रिन पनि च्याम्पियन्स ट्रफीमा छैनन् भने मार्कस स्टोनिसले एकदिवसीय क्रिकेटबाट सन्यास लिइसकेका छन्।

प्रकाशित: १० फागुन २०८१ १४:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast