एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

हिमाल प्रेस १० फागुन २०८१ ८:१८
10
SHARES
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै नेकपा (एकीकृत समाजवादी)को शुक्रबार ललितपुरको जावलाखेलमा बसेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा अध्यक्ष माधवकुमार नेपाललगायत। तस्बिर : रासस

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, ललितपुरमा हिजो सुरु भएको बैठकमा अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू एजेण्डाका रूपमा प्रस्तुत गरिएको छ ।

हिजोको बैठकमा ११ जना सदस्यले आफ्रनो धारणा राखेका छन् । बाँकी सदस्यले आज आफ्नो विचार राख्ने छन् ।

प्रकाशित: १० फागुन २०८१ ८:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast