
काठमाडौँ- गायक सुजन चापागाईले भिषा नपाउँदा अमेरिकाको कार्यक्रम अनिश्चित बनेको छ। अमेरिकाले ब्यान्डका सबै सदस्यलाई भिसा नदिएको कारण कार्यक्रम अनिश्चित भएको हो।
गायक चापागाईले सामाजिक सञ्जाल मार्फत अमेरिकाले भिसा नदिएको कुरा उल्लेख गरेका छन्।
उनले यही मिति २०२५ मार्चदेखि अमेरिकाको विभिन्न राज्यका विभिन्न सहरमा तय भएको हाम्रो सांगीतिक यात्रा ‘आरोह अमेरिका टुर-सुजन चापागाईं एण्ड द ब्याण्डे’ कार्यक्रम हाललाई अनिश्चित भएको बताएका छन्।
प्रकाशित: १० फागुन २०८१ ७:५४
प्रतिक्रिया