
काठमाडौँ– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को प्रगतिमा बाधा पुर्याउने जिम्मेवार देश र गतिविधिहरूबारे दक्षिण एसियाका सबैलाई जानकारी रहेको भारतीय विदेश मन्त्रालयले।
देशको नाम स्पष्टसँग नलिइकन विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पाकिस्तानका कार्यहरू सार्कको प्रभावकारिताका लागि महत्त्वपूर्ण बाधा भएको संकेत गरे।
साप्ताहिक ब्रिफिङलाई सम्बोधन गर्दै जैसवालले भने, ‘दक्षिण एसियाका सबैलाई थाहा छ कुन देश र कुन गतिविधिहरू सार्कलाई अवरुद्ध गर्न जिम्मेवार छन्।’
दक्षिण एसियाली समूहको पुनरुत्थानका लागि बंगलादेशको नयाँ दबाबले छलफल सुरु गरेपछि यो भनाइ आएको हो।
विदेशमन्त्री जयशंकर र बंगलादेशका विदेश सल्लाहकार तौहिद हुसैनबीच मस्कटमा भएको बैठकमा सार्कबारे छलफल भएको प्रवक्ता जैसवालले खुलासा गरे।
‘विदेशमन्त्रीले मस्कटमा बंगलादेशका विदेश सल्लाहकारसँग भेट गर्दा परराष्ट्र मामिला बैठकमा बङ्गलादेश पक्षले यो मुद्दा उठाएको थियो,’ जैसवालले भने।
गत हप्ता ओमानमा भएको हिन्द महासागर सम्मेलनको साइडलाइनमा छलफल भएको थियो।
बैठकमा विदेशमन्त्री जयशंकरले बंगलादेशले आतंकवादलाई सामान्य बनाउन नहुने भारतको चिन्ता व्यक्त गरे। ‘विदेशन्त्रीले बंगलादेशले आतंकवादलाई सामान्य बनाउन नहुने कुरा महत्त्वपूर्ण रहेको बताए,’ जैसवालले भने।
ओमानमा भएको सम्मेलनमा दुई पक्षले आपसी चिन्ता र चासोका विभिन्न द्विपक्षीय मुद्दामा छलफल गरेको जयशंकरले बैठकको बारेमा जानकारी दिए। साथै उनले वार्ता दुई देशबीचको द्विपक्षीय सम्बन्ध र बहु–क्षेत्रीय प्राविधिक र आर्थिक सहयोगका लागि बंगालको खाडी पहल (बिमस्टेक) मा केन्द्रित रहेको बताए।
‘बंगलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद हुसैनसँग भेट गरेँ, कुराकानी हाम्रो द्विपक्षीय सम्बन्धका साथै बिमस्टेकमा केन्द्रित थियो,’ जयशंकरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
बंगलादेशका विदेश मामिला सल्लाहकारले गंगाजल सन्धिको नवीकरणका लागि छलफल सुरु गर्ने महत्त्वमाथि जोड दिए।
उनले सार्क स्थायी समितिको बैठकको महत्त्वमाथि पनि प्रकाश पार्दै यस सन्दर्भमा भारत सरकारलाई विचार गर्न अनुरोध गरे।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) दक्षिण एसियामा राज्यहरूको क्षेत्रीय अन्तरसरकारी संगठन र भू–राजनीतिक संघ हो। यसका सदस्य राष्ट्रहरू अफगानिस्तान, बंगलादेश, भुटान, भारत, मालदिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका हुन्। – रासस/एएनआई