
काठमाडौँ- केही दिनअघि सार्वजनिक भएको ‘वरको छायाले’ बोलको गीत चर्चित बनेकाे छ। लोकभाका मिश्रित प्रेमिल गीतलाई करिब साढे ११ लाख दर्शकले हेरिसेकेका छन्।
नारायण नेपालको शब्द रहेको गीतमा प्रिति आले र सूर्य राई दनुवारको स्वर छ। गायक दनुवारले नै संगीत भरेको गीतमा सञ्जय हमालको संगीत संयोजन छ।
सुरेन्द्र बसेलको निर्देशनमा बनेको गीतको भिडियोमा गायकगायिका प्रिति र सूर्यसहित उमेश कुमार, शीला गजुरेल र सुमन ज्योति न्यौपानेले अभिनय गरेका छन्।
किङ स्टुडियोमा रेकर्ड गरिएको गीत जेएमडी क्रियशन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
यस्तो छ गीत
प्रकाशित: ९ फागुन २०८१ १८:३०
प्रतिक्रिया