
काठमाडौँ- फागुनको दोस्रो शनिबार। केही समय यता हामीले साताको शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गर्दै आइरहेका छौँ।
जो फुर्सदमा हुनुहुन्छ उहाँहरुको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। सधैँझैँ यो साता के कस्ता कार्यक्रम हुँदै छन् त, हेरौं।
राधिका शाक्यको ‘करुणा’
प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नि राधिका शाक्यको दोस्रो कृति ‘करुणा’ आज लाेकार्पण हुँदैछ। कार्यक्रम भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे सुरु हुनेछ। कार्यक्रममा वक्ताका रुपमा साहित्यकार अमर न्यौपाने, गायिका आनी छोइङ डोल्मा र नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली उपस्थित हुनेछन्। पुस्तक पाणिनि बुक्सले प्रकाशन गरेको हो। यसअघि राधिकाले ‘मेरो अनुभूति’ पुस्तक प्रकाशन गरेकी थिइन्।
कवितासंग्रह ‘नवयुगकी सुम्निमा’ विमोचन
शनिबार शगुन आँशुको कवितासंग्रह ‘नवयुगकी सुम्निमा’ विमोचन हुँदैछ। जमलस्थित राष्ट्रिय नाचघरको मिनि हलमा कार्यक्रम हुँदैछ। दिउँसो १ बजे सुरु हुने कार्यक्रममा वक्ताका रुपमा श्रवण मुकारुङ, डा. केशव सिलवाल र बिमला तुम्देबा रहनेछन्। कार्यक्रम सम्भव समूहले आयोजना गरेको हो।
भृकुटीमण्डपमा तेह्रौं नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल
फागुन ९देखि भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा तेह्रौ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल चलिरहेको छ। भोलिसम्म चल्ने फेस्टिभलको आज दोस्रो दिन हो।
मण्डलामा दुई नाटक
जुन त लग्यो ताराले
थापागाउँस्थित मण्डला थिएटरको सानो हलमा फागुन १० (आज) देखि नाटक ‘जुन त लग्यो ताराले’ मञ्चन हुँदैछ। नाटक इँगिहोपो कोइचँ सुनुवारको लेखन, परिकल्पना र निर्देशनमा बनेको छ। मण्डला थिएटरकै प्रस्तुति रहेको नाटकमा ल्याब १६ का विद्यार्थीले अभिनय गरेका छन्। नाटक फागुन १८ सम्म मञ्चन गरिनेछ।
नाटकमा उपाश्ना तामाङ, अन्जना राई, मिरा पण्डित, विनोद राहुँ मगर, मेनुका माझी, बद्रि प्रसाद तिवारी, प्रगति खरेल, प्रिन्स रिजाल, अमिर ताम्राकार, संजीव महर्जन, साईरस विश्वकर्मा, रेज्मी राई, विप्लव लोहनी, राजीव बोहरा, प्रेम देव विश्वकर्मा, विजया अधिकारी, अग्नि सुवेदी, रोजेन सुन्दास, अविनास डि मगर र ईन्द्र राईकाे अभिनय छ। सम्बन्धको महत्वलाई प्रस्तुत गरिएको नाटक साताको प्रत्येक दिन सोमबारबाहेक दिउँसो ४ बजे मञ्चन हुनेछ। नाटक फागुन १८ सम्म चल्नेछ।
उम्लिँदा खरानी र लेम्लेमा
थापागाउँस्थित मण्डलामै फागुन ९ देखि नाटक उम्लिँदो खरानी र लेम्लेमा’ नाटक मञ्चन भइरहेको छ। नाटक अभिनेत्री पशुपति राईको परिकल्पना र निर्देशनमा बनेको छ। नाटकमा लेम्लेमापात्रमार्फत मिथकिय कथामा महिलालाई कसरी प्रस्तुत गरिएको छ भन्ने देखाइएको छ। नाटकका लेखक मिल्सन राई हुन्।
अभिनेता विजय बरालले निर्माता रहेकाे नाटकमा रमिला मोक्तान, विष्णु मोक्तान, युवाहाङ राई, थिन्ले ल्हामो, प्रयास वान्तवा राई, रिन्छेन कुन्छोक मोक्तान, रोशनी स्याङ्बो, प्रायदीप राई, दिग्गज खत्री र बलबहादुर राईको अभिनय छ। चैत ३ सम्म मञ्चन हुने नाटक सोमबार बाहेक साताको प्रत्येक दिन बेलुका ५ः३० बजे र शनिबार १ बजेको सो हुनेछ।
हलमा कुन कुन फिल्म?
सनम तेरी कसम
राइजिङ मल, दरबार सिनेम्याक्स, छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल, सिटीस्क्वायर मलमा फिल्मको १२ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, एफक्यूब सिनेमाज, सिके सिनेमाज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाज, सिटी सिनेमाजमा फिल्म ‘सनम तेरी कसम’ चलिरहेको अन्य हल हुन्।
ताण्डवम्
फागुन ९ देखि हलमा फिल्म ‘ताण्डवम्’ प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक जुनिम गहतराज हुन्। एक्सन र थ्रिलर जनरामा बनेको फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अंकित खड्कालगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, सिभिल मल र सिटी स्क्वायर मलमा फिल्मको ४ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज, सिके सिनेमाज, बिएसआर मुभिज, विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाज, सिटी सिनेमाजमा फिल्म प्रदर्शन भइरहेको छ।
रंगी
फागुन २ देखि नै हलमा फिल्म ‘रंगी’ प्रदर्शन भइरहेको छ। बाबुछोरीको सम्बन्धमा आधारित फिल्ममा सलोन बस्नेत, आयुषी ढकाल र नम्रता श्रेष्ठ मुख्य भूमिकामा छन्। फिल्मका निर्देशक सुरेश न्यौपाने हुन्।
शनिबार उपत्यको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल र सिटी स्क्वायर मलमा फिल्मको ६ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, सिडिसी सिनेमाज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाजमा फिल्म प्रदर्शन भइरहेको छ।
दुखी आत्मा
फागुन पहिलो सातादेखि हलमा फिल्म ‘दुखी आत्मा’ प्रदर्शन भइरहेको छ। फिल्मको मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा छन्। यौन विषयमा आधारित फिल्मका निर्देशक दीपेन्द्र लामा हुन्।
शनिबार उपत्यको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल र सिटी स्क्वायर मलमा फिल्मको ८ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, सिडिसी सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, एफक्यूब सिनेमाज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाजमा फिल्म चलिरहेको छ।
बलिउड ‘छावा’
बलिउड फिल्म ‘छावा’ पनि फागुन २ देखि नेपालमा प्रदर्शन भइरहेको छ। ड्रामा र एक्सन जनरामा बनेको फिल्ममा विक्की कौशल र रश्मिका मन्दाना मुख्य भूमिकामा छन्।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, लबिम मल, सिभिल मल, छाया सेन्टर, सिटी स्क्वायर मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुरमा फिल्मको २६ सो छ।आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, सिडिसी सिनेमाज, बिग मुभिज, सिके सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति हल, एफक्यूब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाजमा फिल्म चलिरहेको छ।
क्याप्टेन अमेरिका : व्रेभ न्यू वल्र्ड
त्यस्तै हलिउड फिल्म ‘क्याप्टेन अमेरिकाः व्रेभ न्यू वल्र्ड’ पनि फागुन २ देखि नै हलमा प्रदर्शन भइरहेको छ। साम विल्सनको मुख्य भूमिका रहेको फिल्म एक्सन एडभेञ्चर जनरामा बनेको छ।
उपत्यको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, दरबार सिनेमाज, छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल, सिटी स्क्वायर मलमा फिल्मको १५ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, एफक्यूब सिनेमाज, सिडिसी सिनेमाज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्समा फिल्म चलिरहेको छ।
ममी
माघ २६ देखि हलमा फिल्म ‘ममी’ प्रदर्शन भइरहेको छ। हरर, फ्यामिली र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक समर निरौला हुन्। फिल्ममा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकालगायतका कलाकारको अभिनय छ।
उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाजअन्तर्गत सिभिल मल, बिग मुभिज, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्समा फिल्मको सो छ।