
काठमाडौँ- वीरगन्ज महानगरपालिका- १६ भन्सार मेनगेटबाट सशस्त्र प्रहरी बलले एउटा एयर गन र त्यसमा लाग्ने ८२ राउन्ड गोलीसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले सुरक्षा जाँचका क्रममा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको एयर गन र गोलीसहित अन्दाजी ३४ वर्षका भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो। उनलाई हतियारसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
प्रकाशित: ९ फागुन २०८१ १५:१४
प्रतिक्रिया