पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त, सात हजार ८७२ विद्यार्थी दीक्षित

हिमाल प्रेस ८ फागुन २०८१ २०:५१
10
SHARES
पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त, सात हजार ८७२ विद्यार्थी दीक्षित प्रधानमन्त्री केपी शर्मा ओली

पोखरा– पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहमा ७ हजार ८ सय ७२ विद्यार्थी दीक्षित भएका छन्। पोखरा–३०, लेखनाथस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित दीक्षान्त समारोहमा उनीहरु दीक्षित भएका हुन्।

शिक्षाविद् जोर्ज जोनको प्रमुख आतिथ्यमा भएको समारोहमा कुलपतिको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत उपस्थित थिए।

पोखरा विश्वविद्यालयअन्तर्गत देशभर सञ्चालित क्याम्पसहरूबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि तह उत्तीर्ण गरेका विद्यार्थी दीक्षित भएका हुन्। यस्तै, पीएचडीतर्फ दुई जनालाई कुलपति पदक, स्नातकोरत्ततर्फ २७ जनालाई कुलपति पदक र स्नातकतर्फ एक जनाले उपकुलपति पदक प्राप्त गरेका छन्।

पोखरा विश्वविद्यालयले हाल चार संकायमा पठनपाठन गर्दैआएको छ। व्यवस्थापन, विज्ञान तथा प्रविधि, स्वास्थ्य विज्ञान र मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत शैक्षिक कार्यक्रम सञ्चालन हुने गरेको छ। महाविद्यालयमा स्नातक तहमा ३२, स्नातकोत्तर तहमा ३१, एमफील तहमा १ र विद्यावारिधि तहमा ४ गरी कुल ६८ वटा कार्यक्रम सञ्चालन भइरहेका छन्।

संयुक्त, आंगिक तथा सम्बन्धनप्राप्त महाविद्यालयहरुमा ६८ वटा कार्यक्रम सञ्चालित छन्। जसअन्तर्गत कुल ३९ हजार ७ सय १० जना विद्यार्थी अध्ययनरत् छन्।

दीक्षन्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री ओलीले इमानदारिताले मात्रै सकारात्मक सफलता पाउन सकिने बताए।

विद्यार्थीलाई सुझाव दिँदै उनले भने, ‘बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुँदैन। तपाईँहरूले राम्रो पढेको हो भने पनि त्यसलाई समाजमा नकारात्मकता, चोरी, ठगी जस्ता अपराधका काममा प्रयोग गरेमा त्यसलाई सफलता मान्न सकिँदैन। तपाईंहरू समाज र देशका लागि उपयोगी हुनुपर्छ।’

उनले आफ्ना लागि मात्रै सोचेमा स्वार्थी हुने भन्दै समाजका लागि केही गर्नुपर्ने बताए। उनले भने, ‘देशको सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन। हात्ती देख्नेबित्तिकै भागे माउते हुन सकिँदैन। हात्तीलाई तालिम दिएर टाउकोमाथि चढेर माउते हुने कोशिस गर्नुस्। साहसी हुनुस्, दुस्साहसी नहुनुस्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast