रामबाबु सुवेदीको ‘हामी लालाबाला’ सार्वजनिक

हिमाल प्रेस ८ फागुन २०८१ १८:१०
12
SHARES
रामबाबु सुवेदीको ‘हामी लालाबाला’ सार्वजनिक

काठमाडौँ- त्रियोग हाइस्कुलसँग सहकार्य गरी निर्माण गरिएको बालगीत ‘हामी लालाबाला’ सार्वजनिक भएको छ। गीतकार रामबाबु सुवेदीले शब्दरचना गरेको बालगीतमा डिल्लीप्रसाद चापागाईंको संगीत छ। भावना पौडेलसहितका बालबालिकाले गायनमा साथ दिएका छन् भने आलोक चौरेली, शिष्टता थापा, आरजुरत्न पंगेनीलगायतले कलाकारको भूमिका निर्वाह गरेका छन्।

काठमाडौँ धापासीस्थित त्रियोग हाइस्कुलमा कार्यक्रम गरी सार्वजनिक गरिएको बालगीतमा आचार्य गोपालको निर्देशन र परिकल्पना छ भने सुनील भण्डारीको छायांकन, वीरबहादुर थारूको सम्पादन, रूपेश श्रेष्ठको कोरियोग्राफी, आशुका अर्यालको सहायक निर्देशन रहेको छ।

बालबालिकामा देशप्रेम जागृत गर्न यो गीत रचिएको गीतकार रामबाबु सुवेदीले बताए। कार्यक्रमका प्रमुख अतिथि प्रा।डा। वासुदेव त्रिपाठीले बालबालिकाहरू सफलताको शिखरमा चरीसरि उड्न सक्छन्, भविष्यमा उनीहरूले राम्रो गर्छन् भन्ने भाव रहेको यस गीतको अडियो भिडियो निकै उत्कृष्ट बनेको प्रतिक्रिया दिए।

साहित्यकार प्रभा भट्टराईले बालसाहित्यमा प्रस्तुत बालगीत परियोजना निकै उपयोगी र सिर्जनशील रहेको बताइन्। त्रियोग स्कुलका इन्चार्ज निकेन्द्र तमुले गीतको छायांकन प्रक्रियामा बालबालिकाले निकै रमाइलो मानेको बताए।

प्रकाशित: ८ फागुन २०८१ १८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast