निर्वाचन क्षेत्रको विकासमा समय दिने प्रचण्डको प्रतिबद्धता

हिमाल प्रेस ८ फागुन २०८१ १६:२७
12
SHARES
निर्वाचन क्षेत्रको विकासमा समय दिने प्रचण्डको प्रतिबद्धता

गोरखा– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा जिल्ला र आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि समय दिने प्रतिबद्धता जनाएका छन्।

गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले बिहीबार गोरखा नगरपालिका– १४ गोप्लिङस्थित सहिद परिवारसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै चुनाव जितेर गएपछि आफ्नो निर्वाचन क्षेत्रमा चाहे जति समय दिन नसकेकाले अब बाँकी समय निर्वाचन क्षेत्रको विकास निर्माणलाई दिने प्रतिबद्धता जनाए।

अध्यक्ष प्रचण्डले सहिदहरुको बलिदानका कारण नै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव भएको बताए। परिवर्तनका लागि ज्यानको बलिदान दिने सहिदहरु देशको साझा सम्पत्ति भएको उनले उल्लेख गरे।

उनले १० वर्षे सशस्त्र संघर्षका क्रममा एकै घरबाट तीन जनाले ज्यान गुमाएका गोरखा नगरपालिका–१४ गोप्लिङस्थित सहिद गुप्तबहादुर नहर्की, सरस्वती नहर्की र कल्पना नहर्कीको परिवारसँग भेट गरेका हुन्।

त्यस्तै उनले पालुङ्टार–८, स्थित जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद वीरेन ओलियाको परिवारसँग पनि भेटघाट गरी सहिद परिवारको अवस्थाको बारेमा जानकारी लिए।

अध्यक्ष प्रचण्ड गोरखा नगरपालिका–१०, स्थित मिरकोटमा सुरु हुन लागेको मिरकोटगढी महोत्सवको उद्घाटन गर्न गोरखा आइपुगेका हुन्।

प्रकाशित: ८ फागुन २०८१ १६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast