अवैध लागूऔषधसहित १८ पक्राउ

हिमाल प्रेस ८ फागुन २०८१ १६:३१
12
SHARES
अवैध लागूऔषधसहित १८ पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले देशका विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित १८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका १८ जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

काठमाडौँ महानगरपालिका-२२ भोटेवहालबाट ५ सय ग्राम गाँजासहित सोही महानगरपालिका-१३ कालिमाटी बस्ने २४ वर्षीय युजेन श्रेष्ठसमेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त जनसेबाट खटिएको प्रहरीले बा‍.प्र.०२-०५३ प ३६३९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

वीरगंज महनगरपालिका-१६ शंकरर्चाय गेटबाट ८ किलो ५ सय ग्राम गाँजासहित भारतको नदिया बस्ने २८ वर्षीय राज अधिकारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी इनरुवाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो।

यसैगरी, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट ११ किलो ७ सय ग्राम चरेससहित सोही महानगरपालिका-१६ बसपार्क बस्ने बारा घर भएकी ३० वर्षीया आरती यादवलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

कोशी गाउँपालिका-१ भन्सार टोलबाट २ ग्राम ९ सय मिलिग्राम खैरो हेरोइनसहित धरान नगरपालिका-३ भृकुटी चोक बस्ने ३१ वर्षीय कमल सहनीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लौकहीबाट र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यलय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

पुनर्वास नगरपालिका-११ डोकेबजारबाट ७१० मिलिग्राम खैरो हेरोइन र चरेसजस्तो देखिने पदार्थ २ ग्राम ५३० मिलिग्रामसहित बेदकोट नगरपालिका-१ बस्ने ३२ वर्षीय केशबबहादुर बिष्टलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

नवलपरासी पश्चिम, पाल्हीनन्दन गाउँपालिका-६ सनईबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ४ ग्राम ६२ मिलिग्रामसहित भारतको महाराजगंज थाना ठुठीबारी ग्राम लक्ष्मीपुर बस्ने २८ वर्षीय मोहमद शम्सेरसमेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम र प्रहरी चौकी तोनवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ५६ एएफ ४७७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मनहरी गाउँपालिका-७ पेन्चेबाट १० किलो ९२० ग्राम गाँजासहित पर्सा जिराभवानी गाउँपालिका-५ बस्ने २५ वर्षीय चन्दन कुमार चौधरीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो।

वीरेन्द्रनगर नगरपालिका-११ पिपिराचोक नजिकबाट करिब २ ग्राम ८१० मिलिग्राम ब्राउनसुगरसहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका-११ बस्ने ३२ वर्षीय मिनबहादुर खड्का र सोही नगरपालिका-३ बस्ने ३८ वर्षीय विजय बिक रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

धनगढी उपमहानगरपालिका-८ बुद्ध चोक नजिकबाट १० ग्राम खैरो हेरोइनसहित सोही ठाउँ बस्ने २९ वर्षीय बसन्त खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। टीकापुर नगरपालिका-९ खक्रौलाबाट ७६० खैरो हेरोइन मिलिग्रामसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २१ वर्षीय जगतबहादुर भण्डारी र सोही नगरपालिका-२ बस्ने २० वर्षीय शेखर सुनार रहेका छन्। इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-००९ प ५७७४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

बढैयाताल गाउँपालिका-२ शिवशक्तिपुर फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-३ मदनचोक बस्ने २४ वर्षीय भगवानदिन थारू र सोही नगरपालिका-११ लोकनगर बस्ने ४२ वर्षीय गर्भु कुमार थारू रहेका छन्। प्रहरी चौकी जमुनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

नेपालगंज उपमहानगरपालिका-२१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५१ ग्रामसहित भारत बहराइज थाना मडेरा नानपारा बस्ने ३१ वर्षीय विशाल अहमदलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। साथै प्रहरीले उनले प्रयोग गरेको युपी ३२ एमएस २६१८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।

प्रकाशित: ८ फागुन २०८१ १६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast