निभाउन सकिएन दक्षिणकाली वनमा लागेको डढेलो

हिमाल प्रेस ८ फागुन २०८१ १३:१६
8
SHARES
निभाउन सकिएन दक्षिणकाली वनमा लागेको डढेलो

काठमाडौँ- काठमाडौँको दक्षिणकाली वन क्षेत्रमा लागेको डढेलो फैलिएको छ। दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले बुधबार साँझ ४, ५ बजेदेखि डढेलो लागेको बताए।

उनका अनुसार डढेलो निभाउने प्रयास गरिए पनि पूर्ण रुपमा निभाउन सकिएको छैन।

हालसम्म नगरपालिकाको वडा नं ४, ३ र १ को जंगल क्षेत्रमा डढेलो फैलिएको र यसले ३० हेक्टर भन्दा बढी वनक्षेत्र जलिसकेको उनले बताए। अहिले नगर प्रहरी, जनपथ प्रहरी तथा स्थानीय उपभोक्ता आगो निभाउन खटिएका छन्।

नगरप्रमुख बस्नेतले भने,‘हिजो भन्दा डढेलो केही नियन्त्रणमा आएको छ तर ठूटामा सल्किएको आगो फेरि फैलिने डर कायमै छ।’

उनले सडक मार्गले काटेको क्षेत्र भएकाले बस्तीमा आगो सल्किने सम्भावना हाललाई टरेको बताए। वडा नं ४ बाँसबारी क्षेत्रबाट आगो फैलिएको उनले जानकारी दिए।

प्रकाशित: ८ फागुन २०८१ १३:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast