
काठमाडौँ- बैतडीको पुर्चौँडी नगरपालिका हाट- १ मा रहेको श्री डिलेश्वरी नमुना माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीको भेलाले डिलेश्वरी पूर्वविद्यार्थी समाज गठनको प्रस्ताव गरेको छ। प्रजातन्त्र दिवसका अवसरमा बुधबार वाल्मीकि विद्यापीठ भृकुटीमण्डप सम्पन्न डिलेश्वरीका पूर्वविद्यार्थीको भेलाले डिलेश्वरी पूर्वविद्यार्थी समाज गठनको प्रस्ताव गरेको हो।
समाजलाई वैधानिक ढंगले अघि बढाउन ई.दीपेन्द्र बमको संयोजकत्वमा ९ सदस्यीय विधान निर्माणका लागि तदर्थ समिति गठन गरिएको छ। समिति सदस्यमा भास्करदत्त पन्त, रमेशप्रसाद अवस्थी, रामदत्त पन्त, प्रा.डा.गोविन्द विष्ट, ईश्वरदत्त जोशी, दलबहादुर धामी, हिमालय बम र रणबहादुर विष्ट छन्। तदर्थ समिति निर्माण भएको ६० दिनभित्र विधान निर्माण गरेर सुझाव माग गरिने बताइएको छ।
भेलाले २२ जनालाई समाजको संस्थापक सदस्य चयन गर्ने निर्णय सर्वसम्मतबाट पारित गरेको छ। जसमा ईश्वरदत्त जोशी, हिमालय बम, लवदेव भट्ट, गिरीशबहादुर बम, हिक्मतबहादुर कुँवर, पदमबहादुर बम, निरञ्जन बम, रवीन्द्रबहादुर धामी, दलबहादुर धामी, वीरसिंह साउद, जनकबहादुर विष्ट, कर्णबहादुर बोहरा, गोविन्दसिंह विष्ट, दीपेन्द्रबहादुर बम, भास्करदत्त पन्त, रणबहादुर बम, रणबहादुर विष्ट, रमेशप्रसाद अवस्थी, प्रकाश जोशी, रामदत्त पन्त र दीपक जागरी छन्।
स्व.डम्बरबहादुर बमले २००४ सालमा स्थापना गरेको डिलेश्वरी मावि पुर्चौँडीकै ख्यातिप्राप्त विद्यालय हो। पूर्वविद्यार्थी रामदत्त पन्तले विद्यालय स्थापनापछि शिक्षाको ज्योति सर्वत्र फैलिएको सबैले अनुभूत गरेको र मुलुकको विभिन्न क्षेत्रको जनशक्ति उत्पादनमा टेवा पुर्याउन सफल यस विद्यालयमा अध्ययन गरेका सबैको शिर उच्च भएको बताए। सबै समुदायको शैक्षिक हितमा काम गर्ने प्रस्तावित समाजको उद्देश्य रहेको बताउँदै पन्तले विशुद्ध शैक्षिक उन्नयनका लागि केकस्ता कार्य गर्नुपर्ला भन्दै सुझाव माग गरेका छन्।