प्रधानमन्त्री पोखरा जाँदै

हिमाल प्रेस ८ फागुन २०८१ १०:१२
4
SHARES
प्रधानमन्त्री पोखरा जाँदै प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन्। पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहको उद्घाटनका लागि प्रधानमन्त्री ओली पोखरा जान लागेका हुन्।

समारोह पोखरा महानगरपालिका-३० ढुंगेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ।

समारोहमा विभिन्न तह र विषयका सात हजार ८७२ जना विद्यार्थीलाई उपाधि प्रदान गरिने विश्वविद्यालयका डिन डा. अजय थापाले जानकारी दिए।

प्रकाशित: ८ फागुन २०८१ १०:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast