
काठमाडौँ- आईसीसी च्याम्पियन्स ट्रफीअन्तर्गत आज (बिहीबार) नवौं संस्करणको दोस्रो खेल हुँदैछ।
समूह ‘ए’ अन्तर्गत भारत र बंगलादेश आमनेसामने हुँदैछन्। पाकिस्तानले आयोजना गरेको संस्करण भए पनि यो खेल संयुक्त अरब इमिरेट्स (यूएई)स्थित दुबईमा हुँदैछ। यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिउँसो पौने ३ बजेदेखि खेल सुरु हुनेछ।
भारत पाकिस्तानमा खेल्न नगएपछि सोही खेल यूएईस्थित दुवई रंगशालामा सारिएको हो। भारतले खेल्ने सबै खेल यूएईमा हुने आईसीसीले जनाएको छ।
समूह ‘ए’ मा भारत, पाकिस्तान, न्युजिल्याण्ड र बंगलादेश रहेका छन् भने समूह ‘बी’ मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान रहेका छन्।
समूह ‘ए’ अन्तर्गत बुधबार भएको खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई हराउँदै विजयी सुरुवात गरेको छ। न्युजिल्यान्डले पाकिस्तानलाई ६० रनले हरायो। मार्च ९ सम्म चल्ने प्रतियोगितामा ८ टोलीको सहभागिता छ। ८ टोलीहरूलाई दुई समूहमा विभाजित गरिएको छ।