मध्यरातमा गरियो प्रकृतिको अन्तिम संस्कार, हजुरबुवाले दिए दागबत्ती

विनोद परियार ८ फागुन २०८१ ७:४४
110
SHARES
मध्यरातमा गरियो प्रकृतिको अन्तिम संस्कार, हजुरबुवाले दिए दागबत्ती

लुम्बिनी- भारतको कलिंगा इन्स्टिच्युट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद रूपमा मृत्यु भएकी प्रकृति लम्सालको अन्तिम संस्कार सोमबार राति गरिएको छ।

उनलाई भैरहवाको स्वर्गद्वारी घाटमा अन्तिम विदाई गरिएको हो। मध्यरात्रीमै अन्त्येष्टि गरिए पनि उनको अन्तेष्टिमा सर्वसाधारणको ठूलो उपस्थिति थियो।

भारतबाट गोरखपुर हुँदै करिब ९ बजे नै प्रकृतिको पार्थिव शरिर भैरहवा आई पुगेको थियो। उनको बुवा लगायतका अभिभावक अर्को उडानबाट आउन ढिलो भएको कारण शवलाई भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा राखिएको थियो।

करिब ११ बजे प्रकृतिको शव उनको निवास सिद्धार्थनगर वडा नम्बर ८ मा ल्याइएको हो।  त्यहाँ अन्तिम श्रद्धान्जली दिएर १२ बजे पछि बाहिर निकालिएको पारिवारिक स्रोतले जनाएको छ।

शवयात्रामा आफन्तसँगै कलिंगा केआईआईटीमा अध्ययनरत उनका सहपाठीको उपस्थिति थियो। प्रकृतिको शवलाई राति नै भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्‍याएर अन्तेष्टि गरिएको पारिवारले जनाएको छ। प्रकृतिलाई उनको हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका थिए।

२०६१ साल असार ४ गते भैरहवामा जन्मिएकी लम्सालको गत आइतबार शंकास्पद रूपमा मृत्यु भएको थियो। उनको शव भारतको केआईआईटीको छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेको थियो। यस सम्बन्धमा भारतीय प्रहरीले एकजनालाई हिरासतमा लिई अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ८ फागुन २०८१ ७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast