लक्ष्य हासिल गर्न चुके सरकारी निकाय, पहिलो ६ महिनामा मात्र ४ प्रतिशत प्रगति

हिमाल प्रेस ७ फागुन २०८१ २१:३६
8
SHARES
लक्ष्य हासिल गर्न चुके सरकारी निकाय, पहिलो ६ महिनामा मात्र ४ प्रतिशत प्रगति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तस्बिर : दीपेश श्रेष्ठ

काठमाडौँ- सरकारले आर्थिक वर्ष २०८१/८२ मा २८ सरकारी निकायहरूले पूरा गर्ने लक्ष्य राखेका एक हजार १० क्रियाकलापहरूमध्ये चालु आर्थिक वर्षको पहिलो ६ महिनामा जम्मा ४.२ प्रतिशत मात्र सम्पन्न भएको जनाएको छ।

यो विगत तीन आर्थिक वर्षहरूको तुलनामा सबैभन्दा कम प्रगति हो। तुलनात्मक रूपमा आर्थिक वर्ष २०८०/८१ र २०७९/८० को पहिलो ६ महिनामा क्रमशः ८.५ प्रतिशत र ११.२ प्रतिशत प्रगति भएको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको सरकारी निकायहरूको प्रगति प्रतिवेदन अनुसार पुस मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएका १५७ क्रियाकलापहरूमध्ये २७ वटा मात्र सम्पन्न भएका छन्, जुन १७.२ प्रतिशत हो। त्यसै गरी ७९.६ प्रतिशत क्रियाकलापहरू जारी छन् भने ३.२ प्रतिशत अझै सुरु भएका छैनन्।

क्षेत्रगत रूपमा समीक्षा अवधिमा आर्थिक क्षेत्रले अपेक्षाकृत राम्रो प्रदर्शन गरेको छ, जहाँ ४१ क्रियाकलापहरू मध्ये १२ वटा सम्पन्न भएका छन्। त्यसै गरी पूर्वाधार क्षेत्रमा ३८ मध्ये ५, सुशासन सुधारमा ३९ मध्ये ८, र सामाजिक क्षेत्रमा ३९ मध्ये २ क्रियाकलापहरू सम्पन्न भएका छन्।

यस अध्ययनमा २२ मन्त्रालयहरूका साथै राष्ट्रिय योजना आयोग, लगानी बोर्ड नेपाल कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय तथ्यांक कार्यालय र नेपाल ट्रष्ट कार्यालय समावेश छन्।

प्रकाशित: ७ फागुन २०८१ २१:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast