ओडिसाका मुख्यमन्त्रीको आश्वासन : प्रकृति लम्साल मुद्दामा न्याय हुन्छ

हिमाल प्रेस ७ फागुन २०८१ २१:२२
60
SHARES
ओडिसाका मुख्यमन्त्रीको आश्वासन : प्रकृति लम्साल मुद्दामा न्याय हुन्छ ओडिसाका मुख्यमन्त्री मोहन चरण माझी

काठमाडौँ- भारतीय राज्य ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीले कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत प्रकृति लम्साल मुद्दामा न्याय प्रदान गरिने बताएका छन्।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका काउन्सलरद्वय संजीव शर्मा र नवीनराज अधिकारीसँग कुरा गरेर मुख्यमन्त्री माझीले यस्तो आश्वासन दिएका हुन्।

उनले केआईआईटी क्याम्पसमा शान्ति कायम भएर स्थिति पुनः सामान्य बन्ने आश्वासनसमेत दिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।

मुख्यमन्त्री माझीले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन र आफ्नो पढाइ पुनः सुचारू गर्न आग्रह गरेका छन्।

केआईआईटीमा सामान्य पुनःस्थापनाका लागि मन्त्रीद्वय मुकेश महालिङ र सूर्यवंशी सुरज, मुख्यसचिव मनोज अहुजासहितले नेपालका अधिकारीहरूसँग छलफल गरेका थिए।

यसका साथै परराष्ट्रमन्त्री आरजु राणा देउवाले ओडिसाका शिक्षामन्त्री सुरजसँग पनि कुराकानी गरेका थिए।

केआईआईटीमा बीटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल गत आइतबार होस्टलमा मृत अवस्थामा फेला परेकी थिइन्। उनको मृत्युपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका थिए। विश्वविद्यालय प्रशासनले सूचना निकालेर नेपाली विद्यार्थीहरूलाई होस्टल र कलेज छाड्न निर्देशन दिएको थियो।

विश्वविद्यालय प्रशासनबाट एक्कासी आएको निर्देशनपछि नेपाली विद्यार्थीहरू स्वदेश फर्किन बाध्य भएका थिए। चौतर्फी आलोचनापछि विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई होस्टलमा फर्किएर अध्ययन सुचारू गर्न आग्रह गरेको थियो। यद्यपि विश्वविद्यालयको निर्देशनपछि धेरै नेपाली विद्यार्थीहरू नेपाल फर्किएका छन्।

प्रकाशित: ७ फागुन २०८१ २१:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast