आन्दोलनबारे शिक्षक महासंघको यस्तो निर्णय

हिमाल प्रेस ७ फागुन २०८१ १५:५५
2.5k
SHARES
आन्दोलनबारे शिक्षक महासंघको यस्तो निर्णय

काठमाडौँ- शिक्षा ऐनका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम गर्न महासंघ तथा आबद्ध/सम्बद्ध संस्थाका पालिका, जिल्ला र प्रदेश समितिहरूलाई अनुरोध गरेको छ।

नेपाल शिक्षक महासंघको राष्ट्रिय समिति तथा विस्तारित कार्यालयीय बैठकको निर्णय अनुसार आन्दोलनका कार्यक्रम गर्न गराउन अनुरोध गरिएको हो।

जसअनुसार फागुन ८ गते विद्यालयमा अभिभावक विद्यार्थी, वि.व्य.स. बिच अन्तर्किया गरी शिक्षक कर्मचारीका मागमुद्दा र आन्दोलनको आवश्यकता बारे सुसूचित गर्ने, फागुन ९ गते सबै ७७ जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा ध्यानाकर्षण पत्र बुझाउने र सोही दिन आन्दोलन परिचालन समिति गठन गर्ने, फागुन १५ गते सबै प्रदेशको प्रदेश राजधानीमा मुख्यमन्त्री, सामाजिक विकासमन्त्रीसक्षम ध्यानाकर्षण पत्र बुझाई प्रदेश राजधानीमा जुलुश प्रदर्शन तथा विरोध सभा गर्ने रहेका छन्।

त्यस्तै, फागुन २४ गते काठमाडौँमा बृहत् जुलुश प्रदर्शन तथा खबरदारी सभा गर्ने र फागुन २६ गते दोस्रो चरणका कार्यक्रम सार्वजनिक हुने महासंघले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast