
काठमाडौँ- निर्मला घिमिरे ‘निरु’को स्वरमा ‘तिमी आँखा म नानी’ बोलको गीत सार्वजनिक भएको छ। शुभ मुकारूङले लेखेको गीतमा डाक्टर किराँतले संगीत भरेका छन्।
सागर संसारले संगीत संयोजन रहेको गीतमा महिला तथा पुरुषलाई एकअर्काको परिपूरक रहेको भाव झल्काइएको छ। बाबुराम निरौलाको निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री झरना रिसाल र मोडल रमेश चन्दको अभिनय छ।
शिव ढकालको छायांकन रहेको भिडियो राम प्रदास चौधरीले सम्पादन गरेका छन्। रमेश एमके पौडेलको प्रस्तुति रहेको गीत बोधी एचडीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
यस्ताे छ गीत
प्रकाशित: ७ फागुन २०८१ १३:५०
प्रतिक्रिया