भद्रपुरझापा गोल्डकपमा चार देशका १० टोली प्रतिस्पर्धामा

हिमाल प्रेस ७ फागुन २०८१ १०:३८
8
SHARES
भद्रपुरझापा गोल्डकपमा चार देशका १० टोली प्रतिस्पर्धामा

झापा- भद्रपुरझापा गोल्डकपको दोस्रो संस्करण आजदेखि प्रारम्भ हुँदैछ। उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स र पाहुना टोली भारतको दार्जिलिङ पुलिसबीच प्रतिस्पर्धा हुँदैछ।

मेची रंगशालामा दिउँसो २:३० बजे खेल सुरु हुनेछ। गोल्डकपमा नेपाल, भारत, भुटान र बंगलादेशका १० टोली भिड्दैछन्।

प्रतियोगितामा घरेलु टोली भद्रपुर ब्लेजर्स, ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम, सशस्त्र प्रहरीको एपिएप एफसी र झापा-११ गरी सात नेपाली टोली सहभागी हुँदैछन्।

यसैगरी, भारतको दार्जिलिङ पुलिस एफसी, भुटानको ट्रान्सपोर्ट युनाइटेड एफसी र बंगलादेशको काउर्न बजार प्रगति संघ  गरी तीन विदेशी टोली सहभागी छन्।

प्रकाशित: ७ फागुन २०८१ १०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast