यी हुन् च्याम्पियन लिगको अन्तिम १६ पुग्ने थप ४ टोली

हिमाल प्रेस ७ फागुन २०८१ ७:२६
12
SHARES
यी हुन् च्याम्पियन लिगको अन्तिम १६ पुग्ने थप ४ टोली

काठमाडौँ- च्याम्पियन लिगका अन्तिम १६ मा पुग्ने थप ४ टोली निश्चित भएका छन्। बुधबार रातिको खेलबाट बायर्न म्युनिख, बेन्फिका, क्बल ब्रुग र फियोनोर्डले च्याम्पियन्स लिगको अन्तिम १६ को बाटो निश्चित गरेका हुन्।

नकआउट चरणको प्लेअफ अन्तर्गत दोस्रो लेगमा बायर्न म्युनिखले सेल्टिकसँग १-१ को बराबरी गर्दा अन्तिम १६ मा पुग्यो।

बायर्नले समग्रमा ३-२ को नजिता हात पारेको हो। अर्को खेलमा क्लब ब्रुगले एटलान्टालाई ३-१ हराउँदा समग्रमा ५-२ को नतिजा हात पार्‍यो।

मोनाकोले भने बेन्फिकासँग दोस्रो लेगमा ३-३ बराबरी गरेपनि नकआउट चरणमा पुग्न सकेन। बेन्फिकाले समग्रमा ४-३ को नतिजा निकालेको हो।

गएरातिका सबै खेलमा संघर्षपूर्ण नतिजा निकाल्दै टोलीहरुले अन्तिम १६ को यात्रा तय गरे। फियनोर्डले एसी मिलानसँग १-१ को बराबरी गर्दा समग्रमा २-१ को नतिजा हात पार्दै च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ।

प्रकाशित: ७ फागुन २०८१ ७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast