अग्रगामी परिवर्तन र जनताले अधिकार पाएको दिन प्रजातन्त्र आएको दिन हो : राष्ट्रियसभा अध्यक्ष

हिमाल प्रेस ७ फागुन २०८१ ७:०३
6
SHARES
अग्रगामी परिवर्तन र जनताले अधिकार पाएको दिन प्रजातन्त्र आएको दिन हो : राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनताको ठूलो बलिदान र संघर्षबाट प्राप्त लोकतन्त्रको रक्षा एवं प्रवर्द्धनमा सबैको ध्यान जानुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको पालना, संरक्षण र कार्यान्वयन अहिलेको प्रमुख प्राथमिकता हुनुपर्नेमा जोड दिएका हुन् ।

आजको दिन अग्रगामी राजनीतिक परिवर्तन र जनताको अधिकारका लागि एकताबद्ध हुन प्रेरणा दिने ऐतिहासिक दिन भएको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालको राजनीतिक इतिहासमा २००७ सालको परिवर्तन नै लोकतन्त्र प्राप्तिका लागि पहिलो संगठित, सशक्त र सशस्त्र आन्दोलन हो, भनेका छन्।

प्रकाशित: ७ फागुन २०८१ ७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast