लोकतन्त्रको कुनै विशेषाधिकारयुक्त वर्ग र जात हुँदैन : उपराष्ट्रपति

हिमाल प्रेस ७ फागुन २०८१ ६:५९
6
SHARES
लोकतन्त्रको कुनै विशेषाधिकारयुक्त वर्ग र जात हुँदैन : उपराष्ट्रपति

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको संविधानमा व्यवस्था भएको संघीय लोकतान्त्रिक गणतन्त्र, समानता, समावेशिता, धर्मनिरपेक्षता, कानुनी राज्य, सार्वभौमसत्तालाई अक्षुण्ण राख्नु आजको आवश्यकता भएको बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज शुभकामना दिँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन गरिबी, भेदभाव, अशिक्षा र बेरोजगारीको अन्त्य गर्दै अघि बढ्नु हाम्रा लागि निर्विकल्प भएको बताए।

‘लोकतन्त्र, शासनको रूपमा मात्र सीमित हुनुहुँदैन। मुलुकमा सामाजिक आदर्श, चरित्र, परम्परा, संस्कृति, सद्भाव र मूल्यलाई अजम्बरी बनाउनतर्फ पनि लोकतन्त्रलाई केन्द्रित गर्नुपर्दछ’, उपराष्ट्रपति यादवले शुभकामना सन्देशमा भनेका छन्, ‘लोकतन्त्रमा कुनै पनि विशेषाधिकारयुक्त वर्ग हुँदैन, जाति, धर्म, वर्ण, वंश, धन, लिंग आदिका आधारमा कुनै पनि व्यक्तिसँग कुनै प्रकारको भेदभाव पनि गरिन्न । राजनीतिक लोकतन्त्रको सफलताका लागि उसको आर्थिक लोकतन्त्रसँग गठबन्धन आवश्यक छ।’

प्रकाशित: ७ फागुन २०८१ ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast