
काठमाडौँ- आज प्रजातन्त्र दिवस। महान् सहिदहरूको बलिदानीपूर्ण संघर्षको वलमा २००७ साल फागुन ७ गते नेपालमा प्रजान्त्र स्थापना भएको थियो।
प्रजातन्त्र दिवसको अवसरमा आज देशैभरि सरकारी र गैरसरकारी निकायले विभिन्न कार्यक्रम गर्दैछन्।
प्रजातन्त्र स्थापना भएको ७४ वर्षपछि अहिले नेपाली नागरिकले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत आफ्ना अधिकारको अभ्यास गरिरहेका छन् ।
प्रकाशित: ७ फागुन २०८१ ६:२७
प्रतिक्रिया