अन्ततः रोकियो एमसीसी परियोजना

हिमाल प्रेस ६ फागुन २०८१ २१:०३
20
SHARES
अन्ततः रोकियो एमसीसी परियोजना

काठमाडौँ- नेपालमा सञ्चालन भइरहेको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का गतिविधि स्थगित गरिएको छ। अर्थ मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै एमसीसी परियोजना रोकिएको जनाएको हो।

एमसीसीले फागुन २ गते नेपाल सरकारलाई इमेल पठाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशानुसार रोकिएको मन्त्रालयले जनाएको छ।

एमसीसीबाट हुने भुक्तानीसहितका सबै गतिविधि ९० दिनका लागि स्थगित गरिएको मन्त्रालयको भनाइ छ।

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए-नेपाल)ले गत वर्ष नोभेम्बर २७ मा २९७ किलोमिटर विद्युत प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो, जसमा इच्छुक कम्पनीहरूलाई जनवरी ३० सम्म प्रस्ताव पेस गर्न समय दिइएको थियो।

यो निर्णयले उक्त खरिद प्रक्रियालाई प्रभावित गर्नेछ। प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी कार्यान्वयन गर्ने योजना थियो, लप्सीफेदी-रातमाटे-नयाँ हेटौंडा, रातमाटे-नयाँ दमौली, र नयाँ दमौली-नयाँ बुटवल। तीनवटा ४०० केभी सबस्टेशन र १८ किलोमिटर प्रसारण लाइनको काम भइरहेको थियो।

यसअघि यूएसएडअन्तर्गतका सबै सहयोग रोकिएको थियो। त्यसपछि एमसीसी परियोजना पनि स्थगित गरिएको हो।

प्रकाशित: ६ फागुन २०८१ २१:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast