कुलमानमाथि लगाम लगाउने ऊर्जामन्त्रीको चेतावनी

हिमाल प्रेस ६ फागुन २०८१ १५:५३
12
SHARES
कुलमानमाथि लगाम लगाउने ऊर्जामन्त्रीको चेतावनी प्रतिनिधिसभाको बैठकमा मंगलबार सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का। तस्बिर : रासस

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अराजक गतिविधि गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा मन्त्री खड्काले घिसिङ आफूखुसी ढंगले अघि बढ्न खोजको बताएका हुन्।

मन्त्री खड्काले सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन नगरेर घिसिङ आफूखुसी ढंगले अघि बढ्न खोजको बताए। उनले भने, ‘घिसिङले सरकारलाई टेरेका छैनन्। उनको अराजक गतिविधिलाई सरकारले हेरेर बस्दैन र लगाम लगाउँछ।’

राम्रो कामलाई पुरस्कार दिने भन्दै मन्त्री खड्काले सरकारका एउटा कर्मचारीको पक्षमा एक भएर बोल्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे। मन्त्री खड्काले पटकपटक बोर्ड बैठक बोलाउँदा उपस्थित नभए पनि सदस्य परिवर्तन गर्नुपरेको स्पष्ट पारे।

कुलमानका कारण लोडसेडिङ हटेको भन्दै भ्रम फैलाइएको दाबी मन्त्री खड्काको छ। तत्कालीन अवस्थामा ४२५ मेगावाट विद्युत् भारतबाट ल्याउँदा लोडसेडिङ हटेको उनको भनाइ छ।

प्रकाशित: ६ फागुन २०८१ १५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast