कानुन निर्माणमा संसद् अनिर्णयको बन्दी बन्नु अनिष्टको संकेत हो : सांसद श्रेष्ठ

हिमाल प्रेस ६ फागुन २०८१ १५:०४
12
SHARES
कानुन निर्माणमा संसद् अनिर्णयको बन्दी बन्नु अनिष्टको संकेत हो : सांसद श्रेष्ठ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले कानुन निर्माणमा संसद् अनिर्णयको बन्दी बनिरेहको बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा सम्बोधन गर्दै उनले भने, ‘आवश्यक कानुन निर्माणमा संसद् स्वयं अनिर्णयको बन्दी बनेर बस्नुपर्ने आवस्था आउनु भनेको यो निश्चय पनि एउटा डरलाग्दो अनिष्टको संकेत हो।’

उनले यस्तो अवस्था समयमै निराकरण नगर्ने हो भने संघीयता नै धरापमा पर्न जाने निश्चित रहेको बताए।

उनले ​संविधानमा रहेको मौलिक हकको कार्यान्वयन गर्ने ऐन संविधान लागू भएको मितिले ३ वर्षभित्र बनाइसक्नु पर्ने प्रावधान लागू हुन नसकेको बताए। श्रेष्ठले भने, ‘संविधानको मर्मका रूपमा रहेको संघीयता कार्यान्वयनका लागी बन्नुपर्ने ऐनहरू समयमा बन्न नसकेको कारणले गर्दा राज्य व्यवस्थाप्रति जनतामा एक प्रकारको नैराश्य उत्पन्न भएको छ।’

कानुन निर्माणको महत्त्वपूर्ण जिम्मेवारी र दायित्व निर्वाह गर्नुपर्ने संघीय संसद नै कानुन निर्माण गर्न नसकेको फेहरिस्तसहित प्रतिवेदन बनाएर बसिरहेको उनको भनाइ छ।

प्रकाशित: ६ फागुन २०८१ १५:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast